काठमाडौं, भदौ १९ । एबीसी टेलिभिजन स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । यो समय छोटो होइन । तर, निरन्तर जनताको साथमा जनताकै लागि खर्चिएको १३ वर्षको अवधि निकै छोटो लागेको छ । जब पुरानो कामलाई मात्रै जस दिएर वर्तमानमा चल्न खोजिन्छ, तब छोटो समय पनि लामो लाग्न सक्छ । तर, हामी हिजो होइन, सधैंभर आज भनेर काम गर्दै आएका छौं । यही तौरतरिकामा जनताको माया र रचनात्मक साथले हामीलाई थप सशक्त बनाउँदै लगेको छ । एबीसीको सफलताको दर्विलो कडी नै यही हो ।
प्रतिक्रिया दिनुहोस्