ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास


एबीसी / संवाददाता

काठमाडौँ, २१ साउन । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्वको जनसंख्याको २।५ प्रतिशतभन्दा बढी हो ।

जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आँकलन शुरुमा गरिएको थियो । पहिलो वेभकै समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन् । तर परिस्थिति त्यस्तो रहेन । अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ । अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन् । केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन् ।

यसरी पछिल्ला केही महिनामा फेरि बढ्दोरुपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ । विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन् । जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ । त्यस्तै होटल, एयरलाइन्स तथा अरु पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ । विश्वका मानिस पर्यटकका रुपमा घर बाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने ने भयो ।

अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो । हाल विश्वको जनसंख्या सात अर्ब ८७ करोडभन्दा बढी छ । चार अर्ब १५ करोड आठ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अरु बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ । खोपको समानुपातिक वितरण हुनसकेको छैन । यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतैका नागरिकले पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खिबसेका छन् । यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २०२ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ । यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन र एकपछि अर्कोगरी विभिन्न भेरिएन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ । यस्तो अवस्थामा कुनै एक या दुई देशमात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन्भन्दा झन् अन्यौलमा पर्दैछ ।

विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा माहामारीलाई इतिहासकै गम्भीर माहामारीको रुपमा लिइएको छ । यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण पाँच करोड व्यक्तिको मृत्यु भएको थियो । सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो । यस फ्लुले अमेरिकामा मात्र छ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । सन् १९१८ मा शुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो । यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन । सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो ।

यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी शुरु भएको थियो । स्वाइन फ्लु सन् २००९ जनवरीबाट शुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो । यस फ्लुको शुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो । यस फ्लुबाट चार लाख ९१ हजार सङ्क्रमण पुष्टि भएको थियो भने दुई लाख ८४ हजारको मृत्यु भएको थियो । सन् १६६५ मा द ग्रेट प्लेग माहामारी शुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको शुरुवात संयुक्त अधिराज्य लण्डनबाट शुरु भएको थियो । यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी पश्चिम अफ्रिकी देशमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी शुरु भएको थियो । यस भाइरसको शुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो । यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयले अगस्त ३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यहाँ ग्राफिक्समा प्रस्तुत गरिएको छ । यो तथ्याङ्क नेपाली समयानुसार मंगलबार बिहान १०ः३० बजेको हो ।

बिभिन्न अध्ययनले हाल विश्वमा कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिको मृत्यु दर कम भएको देखाएको छ । एक डोज मात्र खोप लगाएका व्यक्ति पनि खोप नलगाएका व्यक्तिको तुलनामा मृत्युको मुखबाट बचेका छन् । हाल विश्वका चार अर्ब १५ करोड आठ लाख १५ हजार ७१६ डोज खोप लगाइएको छ । विश्वमा कोरोना प्रभावित दश देशले कतिकति डोप खोप लगाएका दश देशको तथ्याङ् हेर्दा सबैभन्दा माथि चीन नै देखिन्छ । चीनले अहिलेसम्म एक अर्व ६८ करोड ८६ लाख ८३ हजार डोज खोप लगाएको देखिएको छ ।

त्यसैगरी भारतले ४८ करोड ५२ लाख ८६ हजार ८६ डोज, अमेरिकाले ३४ करोड ६१ लाख ९१ हजार ११७ डोज, ब्राजिल १३ करोड ५८ लाख तीन हजार ३३० डोज, जर्मनी नौ करोड २७ लाख ६६८ हजार ७८७ डोज, बेलायत आठ करोड ६० लाख ६२ हजार १३५ डोज, जापान आठ करोड ९१ लाख ११ हजार ९८९ डोज, फ्रान्स सात करोड ४८ लाख ५४ हजार ८३४ डोज, टर्की सात करोड ४० लाख ८९ हजार ८३४ डोज र इटालीले छ करोड ९६ लाख ६३ हजार २४३ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com