ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान


एबीसी / संवाददाता
श्रावण १८, २०७८ सोमबार  ३ : ५९ बजे

काठमाडौं । समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ । बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् ।

मेचीनगर–६ काँकडभिट्टामा रहेको यस क्याम्पसमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । भौतिक कक्षा सम्भव नहुने भएपछि क्याम्पसले पठनपाठन कार्यलाई सम्पूर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तरण गरेको क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो । गत महिनादेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पसले पहिलो चरणमा क्याम्पस र शिक्षक समूहलाई प्रविधिमैत्री बनाउन पहल ग¥यो । यस क्रममा क्याम्पसमा ई–लाइब्रेरी, प्रोजेक्टर, इ–हाजिरी, इन्टरनेट, नेटवर्किङ, सीसी क्यामेरा, चेन्जिङ रुम र प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्थापन गरेको क्याम्पस प्रमुख उप्रेतीले बताउनुभयो ।

“कोरोना सङ्क्रमणको जोखिमका कारण भौतिक कक्षा चलाउन सम्भव भएन, पढाइ पनि रोक्नु हुँदैनथ्यो”, क्याम्पस प्रमुख उप्रेतीले भन्नुभयो, “त्यसकारण हामीले क्याम्पसलाई पूरै ‘डिजिटलाइज्ड’ स्वरुपमा लैजाने काम ग¥र्यौं ।” हाल शिक्षकहरुले क्याम्पस र घर दुवै स्थानबाट अनलाइन कक्षा चलाउन थालिसकेको र त्यसबाट विद्यार्थी लाभान्वित भएको उहाँको भनाइ छ । क्याम्पसले अनलाइन कक्षा सहजिकरणमा मद्दत पु¥याउन लागत साझेदारीमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप खरिदमा क्याम्पसले शिक्षकहरुलाई जनही रु ३० हजार अनुदान दिएको छ । ल्यापटप किन्न अरु खर्च शिक्षक आफैँले व्यहोरेका छन् ।

ल्यापटप किनेका शिक्षकलाई भर्चुअल कक्षा सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ भने जुमको अर्जिनल भर्सन पनि खरिद गरेको छ । प्रविधि प्रयोगमा सहजिकरणका लागि एक जना प्राविधिक विज्ञसमेत क्याम्पसले नियुक्त गरिसकेको छ । हाल हरेक बिहान ६ः३० बजेदेखि साढे १० बजेसम्म जुम प्रविधिबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले भौतिक कक्षामाभन्दा बढी सजिलो र लाभदायक अनुभूति गरेका बताएका छन् । कतिपय क्याम्पसहरुमा पढाई नभई परीक्षामा सामेल हुनुपरेको गुनासो आउने गरेका बेला काँकडभिट्टा बहुमुखी क्याम्पसले अनलाइन पढाउन तालिम र ल्यापटपसमेत दिएर शिक्षकहरुको हौसला बढाएको शिक्षक चक्र बानियाँले बताउनुभयो । क्याम्पसका प्रविधि विज्ञ सुजन प्रधानका अनुसार पठनपाठनका लागि शिक्षक तथा विद्यार्थी दुबै पक्षलाई सुविधाजनक होस् भनेर जुमको नयाँ फिचर ‘रुम ब्रेक आउट टेक्नोलोजी’ अवलम्बन गरिएको बताउनुभयो ।

यो प्रणालीअनुसार कक्षा सञ्चालन हुनु अघि शिक्षक तथा विद्यार्थी प्रतीक्षा कक्ष ९वेइटिङ रुम० मा जुममार्फत प्रवेश गर्छन् । त्यसपछि प्रविधि संयोजनकर्ताले विषयअनुसार शिक्षक र विद्यार्थीलाई अलग अलग भर्चुअल कक्षामा लैजान्छन् । क्याम्पसमा हाल बीबीएस र बीएडको कक्षा सञ्चालन भइरहेको छ । अहिलेको प्रविधि सिकाइलाई भविष्यमा भौतिक कक्षा सञ्चालनका बेला स्मार्ट कक्षामा रुपान्तरण गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख उप्रेतीको भनाइ छ ।

“कुनै दिन कोरोना महामारी सकिएला, त्यसबेला हामी फेरि भौतिक कक्षामा फर्किनेछौँ,” क्याम्पसको भावी योजना सुनाउँदै उप्रेती भन्नुहुन्छ–“त्यसबेला हाम्रा शिक्षकहरु कक्षाकोठामा जाँदा चक र डस्टर बोकेर जानुहुने छैन । ल्यापटप बोकेर पढाउने प्रविधिमा हामी पोख्त भइसकेका हुनेछौँ ।”क्याम्पसले हाल सञ्चालनमा ल्याएको इ–लाइब्रेरीमा ४० वटा कम्प्युटर पु¥याउने र हरेक कक्षाकोठामा स्मार्ट बोर्ड राख्ने लक्ष्य लिएको छ । सामुदायिक क्याम्पस भएकाले मेचीनगर नगरपालिकाले वार्षिक रु पाँच लाख र विश्वविद्यालय अनुदान आयोगले वार्षिक रु सात लाख ५० हजार अनुदान दिने गरेको छ । यसबाहेक समुदायबाट समेत क्याम्पसले सहयोग लिने गरेको छ ।

कोरोनाको महामारीले उत्पन्न गरेको विषम परिस्थितिको अन्त्य कहिले हुने निश्चित नभएको अवस्थामा क्याम्पसको पठनपाठन प्रक्रियालाई अघि बढाउन अझै थुप्रै योजना क्याम्पससँग रहेको र आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com