ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान


एबीसी / संवाददाता

काठमाडौं । समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ । बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् ।

मेचीनगर–६ काँकडभिट्टामा रहेको यस क्याम्पसमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । भौतिक कक्षा सम्भव नहुने भएपछि क्याम्पसले पठनपाठन कार्यलाई सम्पूर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तरण गरेको क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो । गत महिनादेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पसले पहिलो चरणमा क्याम्पस र शिक्षक समूहलाई प्रविधिमैत्री बनाउन पहल ग¥यो । यस क्रममा क्याम्पसमा ई–लाइब्रेरी, प्रोजेक्टर, इ–हाजिरी, इन्टरनेट, नेटवर्किङ, सीसी क्यामेरा, चेन्जिङ रुम र प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्थापन गरेको क्याम्पस प्रमुख उप्रेतीले बताउनुभयो ।

“कोरोना सङ्क्रमणको जोखिमका कारण भौतिक कक्षा चलाउन सम्भव भएन, पढाइ पनि रोक्नु हुँदैनथ्यो”, क्याम्पस प्रमुख उप्रेतीले भन्नुभयो, “त्यसकारण हामीले क्याम्पसलाई पूरै ‘डिजिटलाइज्ड’ स्वरुपमा लैजाने काम ग¥र्यौं ।” हाल शिक्षकहरुले क्याम्पस र घर दुवै स्थानबाट अनलाइन कक्षा चलाउन थालिसकेको र त्यसबाट विद्यार्थी लाभान्वित भएको उहाँको भनाइ छ । क्याम्पसले अनलाइन कक्षा सहजिकरणमा मद्दत पु¥याउन लागत साझेदारीमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप खरिदमा क्याम्पसले शिक्षकहरुलाई जनही रु ३० हजार अनुदान दिएको छ । ल्यापटप किन्न अरु खर्च शिक्षक आफैँले व्यहोरेका छन् ।

ल्यापटप किनेका शिक्षकलाई भर्चुअल कक्षा सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ भने जुमको अर्जिनल भर्सन पनि खरिद गरेको छ । प्रविधि प्रयोगमा सहजिकरणका लागि एक जना प्राविधिक विज्ञसमेत क्याम्पसले नियुक्त गरिसकेको छ । हाल हरेक बिहान ६ः३० बजेदेखि साढे १० बजेसम्म जुम प्रविधिबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले भौतिक कक्षामाभन्दा बढी सजिलो र लाभदायक अनुभूति गरेका बताएका छन् । कतिपय क्याम्पसहरुमा पढाई नभई परीक्षामा सामेल हुनुपरेको गुनासो आउने गरेका बेला काँकडभिट्टा बहुमुखी क्याम्पसले अनलाइन पढाउन तालिम र ल्यापटपसमेत दिएर शिक्षकहरुको हौसला बढाएको शिक्षक चक्र बानियाँले बताउनुभयो । क्याम्पसका प्रविधि विज्ञ सुजन प्रधानका अनुसार पठनपाठनका लागि शिक्षक तथा विद्यार्थी दुबै पक्षलाई सुविधाजनक होस् भनेर जुमको नयाँ फिचर ‘रुम ब्रेक आउट टेक्नोलोजी’ अवलम्बन गरिएको बताउनुभयो ।

यो प्रणालीअनुसार कक्षा सञ्चालन हुनु अघि शिक्षक तथा विद्यार्थी प्रतीक्षा कक्ष ९वेइटिङ रुम० मा जुममार्फत प्रवेश गर्छन् । त्यसपछि प्रविधि संयोजनकर्ताले विषयअनुसार शिक्षक र विद्यार्थीलाई अलग अलग भर्चुअल कक्षामा लैजान्छन् । क्याम्पसमा हाल बीबीएस र बीएडको कक्षा सञ्चालन भइरहेको छ । अहिलेको प्रविधि सिकाइलाई भविष्यमा भौतिक कक्षा सञ्चालनका बेला स्मार्ट कक्षामा रुपान्तरण गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख उप्रेतीको भनाइ छ ।

“कुनै दिन कोरोना महामारी सकिएला, त्यसबेला हामी फेरि भौतिक कक्षामा फर्किनेछौँ,” क्याम्पसको भावी योजना सुनाउँदै उप्रेती भन्नुहुन्छ–“त्यसबेला हाम्रा शिक्षकहरु कक्षाकोठामा जाँदा चक र डस्टर बोकेर जानुहुने छैन । ल्यापटप बोकेर पढाउने प्रविधिमा हामी पोख्त भइसकेका हुनेछौँ ।”क्याम्पसले हाल सञ्चालनमा ल्याएको इ–लाइब्रेरीमा ४० वटा कम्प्युटर पु¥याउने र हरेक कक्षाकोठामा स्मार्ट बोर्ड राख्ने लक्ष्य लिएको छ । सामुदायिक क्याम्पस भएकाले मेचीनगर नगरपालिकाले वार्षिक रु पाँच लाख र विश्वविद्यालय अनुदान आयोगले वार्षिक रु सात लाख ५० हजार अनुदान दिने गरेको छ । यसबाहेक समुदायबाट समेत क्याम्पसले सहयोग लिने गरेको छ ।

कोरोनाको महामारीले उत्पन्न गरेको विषम परिस्थितिको अन्त्य कहिले हुने निश्चित नभएको अवस्थामा क्याम्पसको पठनपाठन प्रक्रियालाई अघि बढाउन अझै थुप्रै योजना क्याम्पससँग रहेको र आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com