ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना प्रभाव : नेपालमा ६९ वर्षयताकै सबैभन्दा कम पर्यटक


एबीसी / संवाददाता
श्रावण १६, २०७८ शनिबार  ६ : ५१ बजे

काठमाडौं । सन् २०२० मा विदेशी पर्यटकको आगमन ८० प्रतिशतले घटेको छ । विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको ६९ वर्षयता विश्वव्यापी रुपमा परेको कोरोना प्रभावले घटेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड संक्रमणका कारण गत वर्ष २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल आएको जनाएको छ ।

यो सन् २०१९ को तुलनामा ८० दशमलव ७ प्रतिशत कम हो । हवाई मार्ग तथा स्थल मार्ग हु“दै सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी नेपाल आएका थिए । नेपाल विदेशी पर्यटकका लागि सन् १९५१ देखि खुला गरिएको थियो । अघिल्लो वर्षको जसरी यसअघिका कुनै पनि वर्ष पर्यटन आगमनमा गिरावट नआएको मन्त्रालयले जनाएको छ । नेपालले विदेशी पर्यटकको रेकर्ड सन् १९६४ देखि राख्न थालेको हो । त्यस वर्ष ९ हजार ५ सय २६ जना विदेशी नेपाल घुम्न आएका थिए । यो त्यसअघिको वर्षको दा“जोमा ३० प्रतिशतले वृद्धि थियो । पछिल्लोपटक नेपालमा सन् २०१५ मा ३२ प्रतिशत पर्यटक आगमन घटेको थियो । ‘सन् २०२० मा नेपाल करिब बन्द थियो, अनलाइन भिसा रोकिएका थिए, त्यस्तो बेला १० दिने क्वारेन्टाइन बस्न इच्छुक हुदै नेपाल आउने विदेशीको संख्या २ लाख पुग्नुले नेपालमा पर्यटकको सम्भावनाको संकेत गरेको बुझन सकिन्छ । सन् २०२० मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ अर्ब ७८ करोड रुपैया आम्दानी गरेको थियो  यो अघिल्लो वर्षको तुलनामा ७० प्रतिशत कम हो ।

सन् २०२० मा सर्वाधिक पर्यटक आगमन भएका मुलुकमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र संयुक्त राज्य अमेरिका प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com