ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध


एबीसी / संवाददाता

पोखरा । पोखरा महानगरपालिका र माछापुच्छे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ ।महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रातिको पहिराले अवरुद्धपछि हालसम्म सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

पक्की सडक लामो समय अवरुद्ध हुँदा उत्तरी भेगका नागरिक समस्यामा परेका छन् । अहिले माछापुच्छ«े गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य छन् । माछापुच्छ«े गाउँपालिकाका आधाभन्दा बढी नागरिक यही सडक हुँदै पोखरा आवतजावत गर्ने गरेका थिए । माछापुच्छ«े–२ सार्दिखोलाका गणेश आचार्य दैनिक सयौँ सवारी र नागरिक आवतजावत गर्ने र माछापुच्छ«े गाउँपालिकालाई जोड्ने महत्वपूर्ण महानगरभित्रको मुख्य सडक लामो समय अवरुद्ध हुँदा आफूहरुले ठूलो दुःख र सास्ती पाएको बताउनुभयो । उहाँले पहिराले बन्द सडक डेढ महिना व्यतित हुँदासमेत खुलाउने प्रयास नभएकामा आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ । छोटो र सिधा बाटो छाडेर हेमजा वा घार्मीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा हामी छौँ । अहिलेसम्म पनि सडक खुलाउने पहल नहुनु दुःखद् र लाजमर्दो भएको छ ।” बेंसीचोकमा सडकमाथिबाट खसेको पहिराले बाटो अवरुद्ध बनेको हो । यसैगरी सडकको तल्लो भागसमेत पहिराले बगाएको छ । गत वर्ष पनि सोही स्थानमा पहिरो खसेको थियो । त्यस बेला पनि लामो समय सडक अवरुद्ध बनेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिराले पुनःबगाएको हो ।

पूर्वाधार कार्यालय कास्कीका इञ्जिनीयर गुरुदत्त अधिकारीले सडक खुलाउने जिम्मेवारी महानगरपालिकाको भएको बताउनुभयो । गत वर्ष पूर्वाधार कार्यालयले बजेट विनियोजन गरेर काम गरेकामा यस वर्ष पुनः क्षति पुगेको बताउँदै उहाँले तत्काल महानगरले बाटो खुलाउने काम अघि बढाउने र पूर्वाधार कार्यालयले बर्खा सकिएपछि विज्ञको परामर्शमा अन्य पहिरो रोक्ने खालका पूर्वाधार बनाउने निर्णय भएको जानकारी दिनुभयो । पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताउनुभयो । महानगरको अग्रसरतामा पाँच दिनदेखि जेसिवी र टिपरले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उहाँले पहिरो पन्छाउने र फाउण्डेशनमा जाली भर्ने काम भइरहेको जानकारी दिनुभयो ।

दिनहुँ पानी परेकालेसमेत सडक खुलाउने काम तीव्रताका साथ अघि बढाउन समस्या भएको उहाँ बताउनुहुन्छ । “छिटो कसरी सडक खुलाउने भनेर अहिले हामीले काम शुरु गरेका छौँ”, वडाध्यक्ष पौडेलले भन्नुभयो, “पहिरोभन्दा तल सिँचाइ नहर र खानेपानीको पाइप रहेकालेसमेत काममा केही कठिनाइ छ । तत्कालका गाडी वारपार कसरी गर्न मिल्ने बनाउन सकिन्छ,त्यसतर्फ केन्द्रित छौँ ।”पटकपटक सोही ठाउँमा पहिराले दुःख दिएकाले बर्खा रोकिएपछि पहिराको समस्या दीर्घकालीन समाधानका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँगसमेत सहकार्य गरेर काम अघि बढाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com