काठमाडौं, १५ साउन । नेपालमा कोरोना भाइरसका ३६११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६६१ परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९ हजार ७८३ पीसीआर र ४ हजार ८७८ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा २ हजार ४६७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ सय ४४ जनामा संक्रमण देखिएको हो ।
यस्तै आज थप २७ जनाको मृत्यु भएको छ । यस्तै १८१६ जना संक्रमित आज डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्