ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच वार्ता, खोप सहायताका निम्ति अनुरोध


एबीसी / संवाददाता

काठमाडौं, १३ साउन ।  नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग आज साँझ भएको हार्दिकतापूर्ण टेलिफोन वार्तामा थप खोप सहयोगका लागि अनुरोध गर्नुभएको हो ।

अमेरिकी विदेशमन्त्रीले श्री देउवालाई टेलिफोन गरेर उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको तथा त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड १९ खोप सहयोग तथा औषधि उपकरण र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अहिलेको प्राथमिकताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्ध १५ लाखमात्रा खोप सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले महामारीको तेस्रो लहरको व्यापक आशङ्का भएको सन्दर्भमा बालबालिका र युवा जनसङ्ख्यालाई पुग्नेगरी उपयुक्त खोपको थप व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

साथै उहाँले अमेरिकी सरकारबाट नेपालको सामाजिक एवं आर्थिक विकासका निम्ति निरन्तररुपमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । कुराकानीका क्रममा नेपालको विकासका विविध क्षेत्रका प्राथमिकता, अमेरिकी सहयोग र मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी०बारे पनि विचारविमर्श भएको मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन र नेपालजस्तो अतिसंवेदनशील पर्वतीय देशको अर्थतन्त्रमा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे दुवै पक्षले छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक परिचय, विधिको शासन एवं मानवअधिकारप्रतिको प्रतिबद्धतामा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति जोसेफ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससमक्ष आफ्नो अभिवादन एवं शुभकामना सम्प्रेषण गर्न विदेशमन्त्री ब्लिङ्केनलाई आग्रह गर्दै बाइडेन प्रशासनसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com