काठमाडौं, ८ साउन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए।
प्रतिक्रिया दिनुहोस्