काठमाडौ, ४ साउन । सिंगापुर एयर र सिल्क एयर एक आपसमा गाभिएसगै अब सिंगापुर एयरलाइन्सले सिल्क एयरका गन्तब्यमा समेत सेवा विस्तार गर्ने भएको छ । आइतबार नेपालमा करिब २० वर्षपछि सिंगापुर एयरलाइन्सको जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिंगापुरको राष्ट्रिय ध्वजाबाहक सिंगापुर एयरलाइन्सले सिल्क एयरलाई आफुसगै गाभेको जनाएको छ । यससगै अब सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेको हो । विगतमा सिंगापुर एयरलाइन्स काठमाडौं आउने गरेको थियो । पछि बजेट एयरलाइन्सका रुपमा सिल्क भित्रिएपछि सिंगापुरले उडान रोकेको थियो । सिंगापुरले हरेक साता आइतबार एक उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणले जनाएको छ । आइतबार एक सय ९ यात्रुसहित काठमाडौं आएको जहाजलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो । यो जहाजले नेपालबाट ४ जना यात्रु लिएर फर्किएको छ । अहिले सिंगापुरले नेपाली तथा विदेशी यात्रुलाई नेपालबाट सो मुलुक जान रोक लगाएको छ । तर, सिंगापुरबाट भने यात्रु नेपाल आउन पाउ“छन् । यी चार जना समेत सिंगापुरबाट अनुमति प्राप्त कूटनीतिज्ञ भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्