काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन्। सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत ओलीले यस्तो बताएका हुन्।
उनले आइतवार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिकको संज्ञा दिए। ुहिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो, उनले भने, यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो। ओलीले आफ्नो बहुमत नभएको कमिटीमा आउँदिन भन्ने नेपालले अध्यक्ष पद खोजेको आरोप पनि लगाए। ुहिजो मात्रै माधव नेपालले बहुमत नभएको कमिटीमा जान्न भनेर अपराध गर्ने, सरकार ढलाउने अनि उनैलाई बहुमत दिनुपर्ने? अध्यक्ष बनाउनुपर्ने? ओलीले बैठकमा भने।
ओलीले यसअघि बालुवाटारबाट बाहिरिएर बालकोट पुगेपछि नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताएका थिए। आजको बैठकमा पनि उनले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गरे।ुमाधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्। उनको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो उनले भने, कम्युनिष्ट आन्दोलन सक्ने गरी भइरहेको कार्यको पराकाष्टा हिजो देखिएको छ। ओलीले पार्टीमा आउन चाहने अन्य नेताहरुलाई सदैव स्वागत गर्ने बताए। अन्य साथीहरु पार्टीमा आउनुस् स्वागत छ तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन उनले भने। यदि पार्टी अनुशासन नमान्ने नेतामाथि कारबाही नगर्ने हो भने पार्टी माछा बजार हुने पनि ओलीले टिप्पणी गरे। कसैलाई कारबाही गर्ने होइन भने यो पार्टी होइन, माछा बजार हुन्छ, ओलीले बैठकलाई सम्बोधन गर्दै भने।
प्रतिक्रिया दिनुहोस्