काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।
‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ,’ थापाले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो। तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ।’ थापाले यो प्रतिवद्धता र विश्वासलाई कायम राखिदिन पनि देउवालाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्