काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत प्राप्त गर्नुभएको छ । सर्बोच्च अदालतले ब्युँताएको प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले बिश्वासको मत प्राप्त गर्नुभएको हो । प्रतिनिधिसभामा आज भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ भने बिपक्षमा ८३मत परेको छ । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सवै सांसदले मत दिनुभएको छ भने नेकपा एमालेका माधव समुहका सांसदहरुले पनि मत दिनुभएको छ । यही कारण उहाँले मत प्राप्त गर्नुभएको हो । २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।








प्रतिक्रिया दिनुहोस्