काठमाडौं, ३ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् । विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्