काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावको पक्षमा मत दिने उहाँले बताउनुभयो । ठाकुरले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ । उहाँले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको पनि बताउनुभयो । ‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो हामीले स्वीकार गर्यौं,’ उहाँले भन्नुभयो , ‘हामी विश्वासको मत दिन्छौं।’ अध्यक्ष ठाकुरले आफूहरूले उठाइरहेका माग पूरा गर्न पनि आग्रह पनि गर्नुभयो । उहाँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही माग पूरा गरेकोमा प्रतिनिधि सभा बैठकमा बोल्दै धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्