ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यति छिटो यो दुर्दशा देख्नुपर्छ भन्ने लागेको भए गठबन्धनको प्रस्ताव लैजान्नथे : प्रचण्ड


एबीसी / संवाददाता
श्रावण ३, २०७८ आईतबार  ७ : ४३ बजे

काठमाडौं, ३ साउन।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले यति चाँडै संसद् विघटन र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँथ्यो भन्ने लागेको भए आफूले गठबन्धनको प्रस्ताव नै नलग्ने बताउनुभएको छ । आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिस्टको सरकार निर्माण, स्थायी सरकार र समृद्धिका लागि भनेर गठबन्धन गरेको भए पनि त्यस्तो हुन नसकेका बताउनुभयो ।

संसदमा प्रचण्डको सम्बोधनको अंश यस्तो छ

जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो, र प्रस्ताव लिएर गयो, त्यो मान्छेले बोल्नुपर्दा पार्टी एकता गरौँ, देशमा कम्युनिष्टहरुको राम्रो पकड छ, ठुलो उभार आउला र देशमा विकास आउला, समृद्धितिर देश लैजान सकिएला भनेर एकताको प्रस्ताव राख्ने मान्छेले आज दोस्रोपटक पुनःस्थापित भएको सदनको अगाडि उभिँदा मेरो अनुभूति कस्तो भएको होला भन्ने माननीय सदस्यहरूले बुझ्नुभएकै होला ।

यस्तो दुर्दशा यति छिटो देख्न पर्ला भन्ने लागेको भए मैले किन गठबन्धनको प्रस्ताव लैजान्थे होला । किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला । त्यसकारण मैले यहाँ, अहिले पनि मलाई त्यति स्वाभाविक लागिरहेको छैन यो बीचमा पनि । यी विषयमा कुराहरू भन्नुभन्दा अगाडि नै के भन्न चाहन्छु भने अस्ति प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम वा नियुक्तिको सम्बन्धमा राष्ट्रपति कार्यालयमा केही अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा, जो संविधानको मर्म र भावना विपरीत थियो । र, शपथग्रहण नै रोकिएको थियो, त्यो आफैमा त्यस्तो खालको पटकपटक हुने कुरा थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com