काठमाडौं,३ साउन । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संघीय संसदको अधिवेशन सुरु भएको छ । सर्वोच्च अदालतले गएको असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बसेको हो ।
आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको कार्यसूची तय गरेको छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुनेछ । विश्वासको मतका लागि प्रस्ताव दर्ता भैसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सर्वोच्च अदालतको परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्