काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नेकपा एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु विभाजित भएका छन्। कतिपय सांसदहरु विश्विसको मत दिने पक्षमा छन् भने कतिपयले भने कांग्रेसले विश्वासको मत लिन हतार गरेको आरोप लगाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले माधव कुमार नेपालले कार्यदलले बनाएको दस बुँदे प्रतिवेदनप्रति असमति जनाएको आरोप लगाइरहेका बेला माधव पक्षका केही नेताहरु अझै विश्वासको मत दिइहाल्ने पक्षमा छैनन्।हुन त माधव पक्षको छलफलमा सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिइने बताइएको छ।
नेपाल पक्षमा रहेका २३ सांसदमध्ये मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्कालगायतले विश्वासको मत दिने पक्षमा रहेका छन्।प्रधानमन्त्री देउवाले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन्। पहिलो बैठक भने ४ बजे बस्दैछ।








प्रतिक्रिया दिनुहोस्