ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा विश्वासको मत लिन हतार किन ? यस्तो छ कारण


एबीसी / संवाददाता
श्रावण ३, २०७८ आईतबार  १ : १८ बजे

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा एकाएक विश्वासको मत लिन हतारिनुभएको छ ।प्रधानमन्त्री भएपछिको कांग्रेस पदाधिकारी बैठकले विश्वासको मत लिन नहतारिने निर्णय गरे पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आइतबार नै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेस ६३, नेकपा ९माओवादी केन्द्र ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद हुनुहुन्छ । एमालेको माधव नेपाल समूहका कम्तिमा ८ सांसदले मत नदिए देउवा सरकार जोगिँदैन ।

यस्तो छ कारण

१। नेकपा एमालेमा एकताका लागि माधवकुमार नेपाल समूहलाई दबाब तीब्र छ । विघटित कार्यदलसहितका नेताहरुले नेपाललाई निरन्तर एकताको पक्षमा उभिन अनुरोध गरेका छन् । तर, नेपालले मान्नुभएको छैन । नेपालको विगतको पृष्ठभूमिका आधारमा पनि कुनै पनि बेला नेपाल एकताको पक्षमा उभिन सक्ने देखेर प्रधानमन्त्री विश्वासको मत लिन हतारिनुभएको हो ।

२। एमालेमात्र नभएर अहिले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह त्याग्दै उपेन्द्र यादव समूहमा गएकाले प्रधानमन्त्री देउवालाई थप राहत भएको छ । महन्थ समूह कमजोर भएकैबेला विश्वासको मत लिँदा नेपाल समूहका केही सांसद नआए पनि बहुमत पुग्छ ।

३। तत्कालै विश्वासको मत लिँदा देउवालाई सरकार विस्तार गर्न सहज हुन्छ । अहिले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् पाँच सदस्यीय छ । कांग्रेसका दुई र माओवादी केन्द्रका दुई मन्त्रीमात्रै छन् । प्रधानमन्त्रीसँग मन्त्री बनाइदिन दबाब बढिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com