काठमाडौं, २ असार । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्ने छ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उहाँको भनाई छ । २०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनुपर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो, उहाँले भन्नुभयो । शनिबार विहान बसेको नेकपा एमालेका दोस्रो तहका नेताहरुको बैठकले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको थियो । बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको नेता सुवास नेम्वाङको भनाइ छ ।शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने सहभागी थिएनन् । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो ।एमाले अध्यक्ष ओलीले एकपक्षीय रुपमा बैठक राखेपछि नेपाल पक्ष थप चिढिएको छ । नेपाल पक्षले भोलिको बैठकमा नजाने बताएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी निर्माण भएर बोलाइएको बैठकमा मात्र सहभागी हुने नेपाल पक्षको अडान छ ।
प्रतिक्रिया दिनुहोस्