काठमाडौं, २ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।
उहाँहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले जानकारी दियो । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ । स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उहाँहरुबीच छलफल भइरहेको छ । नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँकै निवास गरेर छलफल गरेका गर्नुभएको थियो । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्