काठमाडौं, १ साउन । गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार प्रवेश गरेकै दिन सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका छन् ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाएको आरोप लाग्दै आएको थियो ।
देउवाले पनि ओलीकै ‘शैली’ मा हिँड्न थालेका टिप्पणी सुरु भएको छ ।ओलीले देशमा सुशासन कायम गर्न नसकेको भनेर आलोचना गर्दै विपक्षी गठबन्धनले पटक–पटक विज्ञप्ति नै निकालेको विरोध जनाएका थिए । तर, अहिले त्यही गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका देउवाले पनि ओलीकै ‘दिशा’ मा हिँड्न थालेको आरोप लाग्न सुरु भएको हो ।बालुवाटारमा पार्टी बैठक, गुटको भेलादेखि लगायत कार्यक्रमहरु आयोजना भएको भन्दै ओलीले सरकारका सबै काम सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट नभएर सरकारी निवासबाटै चलाउने जस्ता आरोपहरु लागेको थियो ।आज ९ः४७ बजेको शुभसाइत पारेर शुक्रबार बिहान बालुवाटारको सरकारी निवासमा प्रवेश गरेका देउवालाई पहिलो दिन नै आफ्नो सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका हुन् ।आज बालुवाटारमा नै प्रधानमन्त्री देउवाले पार्टीको पदाधिकारी बैठकको आयोजना गरेका छन् । अपरान्ह तीन बजेदेखि बालुवाटारमा पदाधिकारी बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस्