काठमाडौं, १ साउन ।चीनले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बधाई दिन पुग्नुभएको चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराउनुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न आज सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा चीन–नेपाल सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि पनि चीनले १८ लाख डोज खोप सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्