काठमाडौँ, १ साउन । नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो । ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ । नेपाल समूहका नेता भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित रोक्न नमानेको भन्दै बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्