काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुरू भएको छ । प्रधानमन्त्रीबाट केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।बैठकको शुरुआत गर्दै ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताउनुभयो । ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताउनुभयो । बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बैठकमा ओलीले भन्नुभयो, ‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कत्ति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’
प्रतिक्रिया दिनुहोस्