काठमाडौं, ३१ असार । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो चार बजेदेखि बैठक चलिरहेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)०का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी हुनुहुन्छ । तर गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित हुनुभएको छ । यसअघि नै नेता नेपालले गठबन्धनमा नरहने बताउनुभएको थियो । यता जनै खटिरा आएकाले उहाँ बैठकमा सहभागी नभएको उहाँ निकट स्रोतले बताएको छ । आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेपालको प्रतिनिधिका रुपमा डा. विजय पौडेल सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्