काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताउनुभयो ।
उहाँले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताउनुर्भएको हो । बालकोट पुगेपछि समर्थकहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभो , ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’
प्रतिक्रिया दिनुहोस्