काठमाडौं, २७ असार । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठकबाट सदस्य विष्णु पौडेल बाहिरिनुभएको छ ।बैठक अहिले पनि सिंहदरबारमा जारी छ । यसअघि बैठक जारी रहेकै बेला कार्यदल सदस्य घनश्याम भुसाल पनि बाहिरिनुभएको थियो । यद्यपि, उहाँ पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर पुनः बैठकमा सहभागी हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्