ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई भेटेर फर्किए घनश्याम : सर्वोच्चको फैसलाअघि कुनै सम्झौता नहुने


एबीसी / संवाददाता

काठमाडौँ, २७ असार ।  बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरवार पुगेका नेकपा एमाले वार्ता टोलीका सदस्यहरू ८ घण्टाभन्दा बढी समयदेखि वार्तामै छन् । शनिबार साँझ नै सहमतिलाई अन्तिम रुप दिइएको बैठकपछि सुवास नेम्वाङ, गोकर्ण विष्ट र भीम रावलले बताउनुभएको थियो । तर, आइतबार विहान ८ बजे संस्थापन पक्षका वार्ता टोली सदस्यहरू सिंहदरवार पुगे पनि माधव नेपाल पक्षधर वार्ता टोली कोटेश्वरमा गएको थियो । वरिष्ठ नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै मस्यौदामा असहमति राख्नुभएको थियो ।नेपालले पावर शेयरिङमा सहमति नभएसम्म ओलीलाई विश्वास गर्न नसकिने आफूनिकट नेताहरुलाई बताउनुभएको थियो । त्यसपछि वार्तामा ट्वीस्ट आएको नेताहरुले बताएका छन् । विशेषगरि माधव पक्षधर वार्ता टोली सदस्य घनश्याम भुसाल र रघुजी पन्तले अडान लिएपछि सहमतिमा हस्ताक्षर हुन नसकेको एक स्रोतले बतायो ।वार्ता टोली दिनभर अर्थमन्त्रालयमा रहे पनि सहमतिमा हस्ताक्षर हुन नसकेपछि भुसाल अपरान्ह पुनः माधव नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो । नेपालसँग छलफल गरेर उहाँ पुनः वार्तास्थलमा फर्किनु्भएको थियो।वरिष्ठ नेता नेपालले आज आफूनिकट केही केन्द्रीय सदस्यहरुसँग समेत छलफल जारी राखेका छन् सर्वोच्च अदालतको फैसलाअघि कुनै सम्झौता नहुने बताएका नेपालनिकट एक स्रोतले बतायो । उता बालुवाटारमा भने सम्झौतामा हस्ताक्षर भएलगत्तै स्थायी कमिटी बैठक बस्ने भनेर सबै सदस्यलाई खबर गरिएको थियो । बिहान ८ बजे हस्ताक्षर हुने र ११ बजे माधव पक्षसहितको स्थायी कमिटी बैठक बसेर सहमति अनुमोदन गर्ने भनिए पनि साँझसम्म सहमति नभएपछि सदस्यहरु कुरेको कुरै भएका छन् । सहमतिमा हस्ताक्षर नभए पनि स्थायी कमिटी बैठक बस्ने तयारी छ । अपरान्ह ४ बजे सारिएको बैठक अहिलेसम्म वार्ता टोलीलाई पर्खेर रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com