ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्लोभाकियासँग पोल्यान्ड स्तब्ध


एबीसी / संवाददाता
असार १, २०७८ मंगलबार  ६ : ३२ बजे

काठमाडौं, १ असार । १६औँ संस्करणको युइएफए युरो कप २०२० फुटबल प्रतियोगितामा पोल्यान्ड स्लोभाकियासँग पराजित भएको छ । सोमबार राति रसियास्थित क्रेस्टोभ्स्कीमा भएको खेलमा स्लोभाकियासँग पोल्यान्ड २–१ गोलले पराजित भएको हो ।

स्लोभाकियाका लागि मिलान स्क्रिनियरले एक गोल गरे । स्लोभाकियाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । पोल्यान्डका कारोल लिनेट्टीले एक गोल गरे ।

स्लोभाकियाले आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो । १८औँ मिनेटमा वोजचेइक स्जेन्सीले आफ्नै पोस्टमा गोल गरेपछि स्लोभाकियाले अग्रता बनायो ।

४६औँ मिनेटमा लिनेट्टीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए । ६२औँ मिनेटमा ग्रिजेगर्ज क्रिचौइकले रातो कार्ड पाएपछि पोल्यान्ड दस खेलाडीमा सीमित बनेको थियो ।

त्यसको फाइदा उठाउँदै स्क्रिनियरले गोल गर्दै स्लोभाकियालाई २–१ गोलले जिताए ।

जितसँगै स्लोभाकिया समूह ‘ई’को शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन अङ्क जोडेको छ । उक्त समूहमा स्पेन एक अङ्कसहित दोस्रो स्थानमा छ भने समान अङ्क जोडेको स्विडेन तेस्रो स्थानमा छ ।

स्पेन र स्विेडनले गए राति १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यता, अङ्कविहीन पोल्यान्ड उक्त समूहको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com