ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलिदेखि चन्द्रागिरि नगरपालिका सिल गरिने


एबीसी / संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार  २ : ०८ बजे

काठमाडौं, ३१ बैशाख । भोलिदेखि चन्द्रागिरी नगरपालिका सिल गरिने भएको छ । नगरपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि गत वैशाख २९ गते नगर कार्यक्षेत्रभित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी नेपालका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच बैठक बसेको थियो ।

उक्त बैठकले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बेलुकी ५ बजेसम्म घरबाहिर हिड्डुल गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको पत्रकार  यमन प्रसाद पौड्यालले जानकारी दिनुभयो ।यो अवधिमा खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामग्री पसल, वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सबै प्रकारका नीजि कार्यालयका सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ ।

औसधि पसल र स्वास्थ्य संस्थाका अत्यावस्यक सेवा भने खुला रहने छन् । त्यस्तै खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड (ट्याङ्कर चालकले पीपीईसहित, मास्क, स्यानिटाइजर, पञ्जा आदि० लगायतको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com