ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु


रुपेन्द्र पटेल
बैशाख २९, २०७८ बुधबार  ५ : १९ बजे

रौतहट, २९ बैशाख । कोरोना संक्रमणका कारण रौतहटमा बुधबार थप तीन जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गौरमा रहेको अस्थायी कोविड अस्पतालमा उपचारका क्रममा रहेका तीन जनाको मृत्यु भएको हो । गरुडा नगरपालिका ४, बौधिमाई नगरपालिका २ र राजदेवि नगरपालिका २ का गरी तिन जना पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको छ । कोरोना संक्रमणका कारण रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ । रौतहटमा आज थप ५९ जनामा कोविड १९ को संक्रमण पुष्टी भएको छ ।

यो सँगै जिल्लामा संक्रमितको कुल सँख्या ४८२ पुगेको छ । गौर अस्पतालको पिसिआर ल्याबमा १४१ जनाको स्वाब परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल गौरले जनाएको छ । बुधबार थपिएकाहरुमा सबै भन्दा बढी गौर नगरपालिकामा १४ जना, मौलापुरमा ११ र परोहामा १० जना रहेका छन ।

गौर नगरपालिकामा संक्रमितको सँख्या सय नाघेर १ सय २ पुगेको छ । हाल सम्म ५४९ जनामा संक्रमण पुष्टी हुदा ५१ जना निको भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंगलबार मात्रै जिल्ला मा ४९ संक्रमित थपिएका थिए । जिल्लामा निषेधागा जारी रहदा पनि संक्रमणको दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १ गतेबाट पूर्ण लकडाउन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताउनुभयो । संक्रमण नियन्त्रण गर्न र स्थीतिलाई भयावह हुन नदिन जिल्ला लकडाउन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com