ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले हाम्रा केही माग पूरा गरेकाले तटस्थ बस्छौँ : महन्थ ठाकुर


एबीसी / संवाददाता
बैशाख २७, २०७८ सोमबार  ४ : ३७ बजे

काठमाडौं, २७ बैशाख ।  जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने बताउनुभएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै ठाकुरले विश्वासका पक्षमा वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने धारणा ब्यक्त गर्नुभएको हो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिँदै उहाँले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता भएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गर्नुभयो। सबै मुद्धा फिर्ता नभएर साथीहरू जेलमा भएकाले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो। उहाँले संविधान संशोधनमा त्रुटी भएकाले अहिलेको अवस्था आएको सुनाउनुभयो ।

उहाँले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो । उहाँले अहिले पनि संविधान संशोधनको माग रहेको बताउनुभयो। अहिलेपनि आफूहरु विभेद र भेदभावको शिकार भइरहेका धारणा राख्नुभयो । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको ठाकुरको भनाई थियो । जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा सांसदलाई पक्ष वा विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छैन । पार्टीले ह्वीप जारी नगर्ने भएपछि सोमबार सांसदले मतदान गर्दा विवेक प्रयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com