काठमाडौँ, २३ बैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठ कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्नुभएको छ । महतो दम्पती चिकित्सकको निगरानीमा रहेका छन् । केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण भएको थियो। यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापा पनि केही दिनअघि कोरोनाबाट संक्रमित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्