ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवरसँगको अनैतिक सम्बन्ध खुलेपछि श्रीमान हत्या गर्ने युवती पक्राउ


एबीसी / संवाददाता
बैशाख २१, २०७८ मंगलबार  १० : १८ बजे

काठमाडौं, २१ बैशाख ।   देवरसँगको अनैतिक सम्बन्ध खुलेपछि पतिको हत्या गरेर फरार महिला पक्राउ परेकी छन् । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीकी २३ वर्षीया सुशीलादेवी मण्डल पति हत्यापछि फरार थिइन् । सुशीला, उनका देवर अनिल मण्डलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य दुई जनामाथि भने सुशीला र अनिललाई भगाउन सघाएको आरोप प्रहरीको छ ।

सुशीलाले गत शुक्रबार राति देवरसहितको सहयोगमा २५ वर्षीय श्रीमान शम्भु मण्डलको घाँटी रेटेर हत्या गरेकी थिइन् । केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका मृतकले भाइसँग आपत्तिजनक अवस्थामा भेटेपछि श्रीमती सुशीलालाई कुटपिट गरेका थिए ।

कुटपिटपछि भागेर माइत गएकी सुशीलाले घर फर्किएर श्रीमानको हत्या गरेकी थिइन् । घटनापछि फरार देवर भाउजुलाई उदयपुर सदरमुकाम गाइघाटबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले उनीहरुलाई गाइघाटस्थित मन्दिरमा बसेका बेला पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com