काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी)केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । उहाँले सदनमा विश्वासको साथै पार्टीको अवस्था पनि परीक्षण गर्न लागेको नेताहरूले दावी गरेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मत नपुग्दा अविश्वासको प्रस्ताव अघि बढाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्