ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्लुङमा दुवै डोज खोप लगाएकी जनप्रतिनिधिको कोरोनाबाट निधन


एबीसी / संवाददाता

काठमाडौं, २१ बैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो।धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति ११ः३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटल बाग्लुङका कोभिड–१९ का फोकलपर्सन देब प्रकाश घिमिरेले बताउनुभयो ।

वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन । करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो। ‘रुघाखोकी कोरोना लक्षण देखिएपनि घरमै बसेर औषधी खाइरहनु भएको थियो, ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले बताउनुभयो ।

तर ‘कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍यौ, तर कठिन भएपछि तत्काल धौलागिरी अस्पताल रेफर गरेर पठाएका हौँ।’ कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोपसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिनुभयो खोपले काम गरेको जस्तो नदेखिएको उहाको भनाई छ। भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन्। यसअगाडी बाग्लुङ जिल्लाको केही स्थानमा लगाइएको निषेधाज्ञा सङ्क्रमितको संख्या बढ्न थालेपछि जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ । सोमबार बाग्लुङमा १७० जनाको नमूना परिक्षण गर्दा ७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com