ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा “गम्भीर बिरामीले पनि पालो पाउन कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु”


एबीसी / संवाददाता

काठमाडौं, २० बैशाख । बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित भएपछि मेडिकल टिम माग गरिए पनि नपठाइएको गुनासो गरेका छन् ।

‘बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन,’ भेरी अस्पतालका मेडिकल अधिकृत तथा फिजिसियन डा. राजन पाण्डेले भन्नुभयो, ‘महामारीलाई आपत्कालीन रूपमा सम्बोधन गरिनुपर्थ्यो । भनिरहेका छौं, कराइरहेका छौं तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् ।

भेरी अस्पतालमा अहिले एउटै नर्सिङ स्टाफले ३० जनाभन्दा बढी बिरामी हेर्नुपरिरहेको छ । चिकित्सकहरूका अनुसार एक नर्सिङ स्टाफले एक जना बिरामीलाई हेर्नुपर्ने हो । आफू संक्रमित हुँदाहुँदै पनि उनीहरू ड्युटीमा खटिएका छन् । जनशक्ति अभाव भएकैले एक जनाले १६ घण्टासम्म खटिनुपरेको छ । ‘एउटा नर्सले दर्जनौंलाई हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन् धेरै केयर चाहिन्छ,’ भेरी अस्पतालकै कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भन्नुभयो , ‘स्थिति धेरै गाह्रो भइसकेको छ । यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् बढेको छ ।’अन्य बिरामी भएको भए एउटै नर्सिङ स्टाफले १५र२० जनासम्म बिरामी हेर्न सक्छन् । तर कोभिडका बिरामी संवेदनशील हुन्छन् । उनीहरूलाई अक्सिजन दिइरहनुपर्छ । सुईबाट औषधि दिनुपर्छ । ‘ज्वरो मापनदेखि अक्सिजन लेभलसम्म निगरानी गरिरहनुपर्छ,’ नर्सिङ अधिकृत शर्माले भन्नुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोभिड वार्डको क्षमताभन्दा दुई गुणा बढी बिरामी भर्ना भएपछि थेग्न नसक्ने अवस्था आएको बताउनुभो । ‘कोभिड वार्ड १ सय ४२ बेडको छ । तर, क्रिटिकल बिरामी आएपछि बेड थपेर राख्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो ‘स्थिति भयावह भइसक्यो । संक्रमित भएका स्वास्थ्यकर्मीले आराम गर्न पाएका छैनन् । बिरामीको सेवामै छन् ।’

अस्पतालमा कोरोनाका बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्नुका साथै उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएपछि केन्द्र सरकारसँग चिकित्सकसहितको मेडिकल टिम माग गरिएको थियो । अस्पतालको मागपछि संघीय सरकारले चिकित्सकसहित ८० स्वास्थ्यकर्मीका लागि ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल प्रशासनले तीन दिनभित्र जनशक्ति भर्ना गर्न वैशाख १३ गते विज्ञापन गर्‍यो । तर नर्सिङ अधिकृत, नर्सिङ स्टाफ, ल्याबबाहेक मेडिकल अधिकृतहरूमा माग गरेको अनुपातमा कसैले निवेदन दिएनन् । अस्पताल प्रशासनले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन ५ र स्टाफ नर्स ४० जना करारमा माग गरेको थियो ।
अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका ८ चिकित्सकसहित ७० भन्दा बढी स्वास्थ्यकर्मी आफै सक्रमित भएका छन् । उनीहरूले नै संक्रमितको उपचार गरिरहेका छन् । कोरोनाको महामारीले भयावह स्थिति उत्पन्न भइसक्दा पनि चिकित्सकलगायत स्वास्थ्यकर्मी नथपिएका कारण अस्पताल प्रशासनले चाहेर पनि सेवा दिन सकिरहेको छैन ।जटिल अवस्थाका संक्रमितबाहेकलाई अस्पतालले भर्ना गर्न छाडेको छ । भेरी अस्पतालको कोभिड आइसोलेसन बिरामीले भरिएको छ । अस्पतालमा २ सय ९२ जना संक्रमित भर्ना गरिएको छ । इमर्जेन्सी कक्षमा बेड पर्खिनेको संख्या उत्तिकै छ । गम्भीर बिरामीले पनि पालो पाउन कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु कुर्नुपर्छ ।अस्पतालका कोरोना स्रोतव्यक्ति तथा फिजिसियन डा। संकेत रिसालका अनुसार मेडिकल अधिकृतमा दुइटा मात्रै दरखास्त परेको छ । ‘हामीलाई मुख्य कुरा डाक्टर चाहिएको थियो । मुख्य पदमा नै दरखास्त परेन,’ उनले भने, ‘यो महामारीको समयमा दुई महिनाको करारमा बोलाएर हुँदैन । प्रोत्साहन र स्थायी पद्धति विकास गर्न जरुरी छ ।’

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com