ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५नम्बरको कारभित्र तीन वटा शव फेला


एबीसी / संवाददाता
बैशाख १८, २०७८ शनिबार  ९ : २७ बजे

काठमाडौं, १८ बैशाख ।   दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार तीन महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको हो। गत माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको र ‘घटना गम्भीरजस्तो देखिएकाले सूक्ष्म अध्ययन गरी बाहिरी सुराक खोज्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा पछिल्लो तीन महिनादेखि पार्किङमा रहेको जानकारीमा आएको समेत बताउनुभयो । उहाले मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान सुरू नभएसम्म केही भन्न सक्ने बताउनुभयो ।
उक्त गाडी कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने अहिले खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ‘गत वर्षको चैतमा लकडाउन भएका बेला गाडी आएको र गत माघदेखि पार्किङमा रहेको भन्ने मात्रै खुल्न आएको छ,’ डिएसपी सिंहले भन्नुभयो। प्रहरीका अनुसार शनिबार बेलुका एउटा बस पार्किङका लागि त्यो कारनजिकै जाँदा कारको बत्ती बल्यो। त्यसपछि गएर हेर्दा शव देखिएको थियो। र मृतक तिनै जना बालकजस्ता देखिन्छन्। तर शव सडेगलेको देखिएकालेबालक हुन् वा के हुन् भन्ने यकिन भइनसकेको समेत प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com