पाल्पा, १८ बैशाख । पाल्पामा आजदेखी २४ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । शुक्रबार राति १२ बजेदिखि निषेधाज्ञा जारी भएकामा हाल जिल्ला सदरमुकाम तानसेनसंगै ठूला बजारहरु सुनसान भएका छन् ।निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवारी नचल्ने भएपनि केही सर्वसाधारण हिडेरै गन्तव्यमा पुग्ने गरेका छन् ।
निषेधाज्ञा अवधीमा एम्बुलेन्स, बिरामी बोक्ने सवारी, शान्ती सुरक्षा, प्रेस, खानेपानी, दुधजन्य पदार्थ, डिजल पेट्रोल बोक्ने सवारी बाहेक अन्य सवारीसाधन चलेका छैनन् ।अहिले विवाहका सवारी पनि केही मात्रामा चलेको भए पनि स्वाथ्य मापदण्डको पालना नगरि प्रयोगमा संचालनमा आउने सवारीलाई समेत कारबाही गर्ने तयारी स्थानीय प्रशासनले गरको छ ।यता सदिार्थ राजमार्गमा भने गुल्मी, स्याङ्जा लगायतका जिल्लाबाट संचालनरमा रहने सवारी चलेक छन् ।
सिदार्थ राजमार्ग र पाल्पा प्रवेश नाका दोभानमा प्रहरीले चेकजनचमा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।खाद्यान्न , तरकारी होटल तथा रेष्टुरेन्ट लगायतका फलफूल पसलहरु बिहान ७ बजेदेखि १० सम्म मात्र संचालन गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्