दैलेख, १२ चैत्र । दैलेखको डुंगेश्वर गाउँपालिका–३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् । ‘आफ्नै छोरालाई मारेर आफूले आत्महत्याको प्रयास परेको पाइएको छ, उनी अहिले घाइते छिन्’ प्रहरी निरीक्षक सुनारले भन्नुभयो , ‘उनको हाल प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ, अवस्था सामान्य छ ।’








प्रतिक्रिया दिनुहोस्