ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर, अब नेपालमा मल कारखाना खोल्छौँ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
चैत्र १२, २०७७ बिहीबार  ८ : ३० बजे

काठमाडौं, १२ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो ।

विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखानाको सम्बन्धमा छलफल भइरहेको छ । हामी महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन, त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाका लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादनतर्फ पनि किसानलाई तालिम दिन जरुरी छ ।’

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको उहाँले जिकिर गर्नुभयो । हरेक दिन नयाँ उपलब्धि हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com