ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन सय वर्ष पुरानो ‘निगु पुखुः’ को पुनःनिर्माणसँगै ६३ वर्षपछि भरियो बिस्केटका लागि पानी


एबीसी / संवाददाता
चैत्र १२, २०७७ बिहीबार  १० : २७ बजे

काठमाडौं, १२ चैत्र ।  मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे । स्थानीयले मङ्सिरमा सरसफाइ गर्दै धान सुकाउँथे । तीन सय वर्ष पुरानो यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको थियो ।

आज त्यही पोखरीले स्वरूप फेरेको छ । घाँस र झार छैन । पोखरीमा सुन्दर राता तेलिया इँटाले नयाँ स्वरूप पाएको छ । यो ऐतिहासिक पोखरीलाई मध्यपुरथिमि नगरपालिकाले पुनःनिर्माण गरी बुधबार मात्रै पानी भरेर आफ्नो ३०० वर्ष पुरानै स्वरूपमा फर्काएको छ । लोप भइसकेको ऐतिहासिक नाम ‘निगु पुखुः’ले फेरि प्रसिद्धि कमाएको छ ।

करिब  १५ करोडको लागत अनुमान गरी नगरपालिकाले प्रसिद्ध ऐतिहासिक निगु पुखुः अर्थात दुईपोखरीको संरक्षण अभियान शुरु गर्दै दुवै पोखरीको परम्परागत शैलीमा पुनःनिर्माण सम्पन्न गरेपछि आउँदो बिस्केट जात्राका लागि पानी भरेको हो । गत बिस्केट जात्राका लागि दुई पोखरीमध्ये एउटा पोखरी पुनःनिर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकाले सँगैको अर्को ठूलो पोखरीको पनि परम्परागत शैलीमा पुनःनिर्माण गरी पानी भरेर वास्तविक पोखरीकै स्वरूपमा फर्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी २०७७ को बिस्केट जात्राका लागि पानी भरेका थियाँै, अर्को ठूलो पोखरीको पनि पुनःनिर्माण सकेर आउँदो बिस्केट जात्राका पानी भर्ने काम सम्पन्न भएको छ, पोखरीले नयाँ स्वरूप र नयाँ जन्म पाएको छ ।” पानी नसुकोस् भनेर पोखरी निर्माणका क्रममा पिधँमा कालोमाटो छ इन्च, त्यसमाथि तीन इन्च पाँगो माटो र त्यसमाथि फेरि छ इन्च कालोमाटो राखेर त्यसमाथि डाँची अप्पा इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ ।

निगु पुखुः संरक्षणका लागि नगरपालिकाले विसं २०७५ देखि २०७६ चैतसम्ममा रु एक करोड २५ लाख खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि आव ०७६÷०७७ मा नगरपालिकाले रु एक करोड २५ लाख बजेट विनियोजन गरेको थियो । पोखरीको जीर्णोद्धार गरेर पानी भर्न करिब रु तीन करोड खर्च भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्धारका लागि वाग्मती प्रदेश सरकारबाट करिब रु ३९ लाख बजेट आएको थियो । दक्षिणतर्फको पोखरी पाँच फिट गहिरो छ भने उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाइएको छ । पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ठूलो पोखरीमा ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

आकाशेपानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ । पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाइएको छ । तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कुल रु १५ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो । पोखरीको पुनःनिर्माण सम्पन्न गरे पनि दुईवटै पोखरीको वरिपरि पैदलमार्ग निर्माण, आठ वटा परम्परागत शैलीको फल्चाअर्थात् पाटी, दुईवटा पोखरीको बीचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने काम भने अबको एक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

करिब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो । बढ्दो शहरीकरण तथा पानीको वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा चासो नहुँदा संरक्षणको अभावमा पोखरी घाँसेचौरमा परिणत भएको स्थानीयवासी बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र शहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीयवासीको भनाइ छ ।

विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ । “गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन”, श्रेष्ठले भन्नुभयो, “पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्याँै, अब पुरानै अवस्थामा फर्किन्छ ।”

यसअघि २०६५ सालमा नगरपालिकाले रु १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन । अब भने निगु पुखुःले पुनर्जीवन पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com