ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

नेकपा प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शन, अध्यक्षद्वयसहित १४ नेताले सम्बोधन गर्दै


एबीसी / संवाददाता

काठमाडौँ, २८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।

पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको छ ।सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत हुनेछन् ।

सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैहुनुहुन्छ । प्रचण्डले फागुन पहिलो साताबाट अझ ठूलो आन्दोलन हुने बताउँदै आएका छन् । प्रचण्ड–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहडताल आयोजना गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । उक्त कदमपछि नेकपा स्पष्ट रूपमा दुई चिरा भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दल र नागरिक समाजले पनि सरकारको उक्त कदमको विरोध गर्दै आएका छन् ।यसअघि गत साता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पनि सरकारी कदमको बचाउ गर्न काठमाडौंमा सभासहित शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाडौं, १३ फागुन ।  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र

मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु : कसको पक्षमा कति सांसद (नामसहित)

काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु भएको छ । अबको राजनीति कसरी अगाडि बढ्छ

सम्बन्धित

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु : कसको पक्षमा कति सांसद (नामसहित)

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि अनुसन्धान सुरु

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

कमिटी बैठक सकियो : ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – प्रवक्ता श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com