ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता (सम्वोधनको सारसंक्षेप)


एबीसी / संवाददाता

काठमाडौं, २३ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताउनुभएको हो ।

उहाँले प्रचण्ड–माधव समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताउनुभयो । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड—माधव समूहलाई व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “उहाँहरु भन्नुहुन्छ, अब शाहाकारी आन्दोलनलाई हुदैन भनेर । शाहाकारी आन्दोलन हुदैन भनेको के हो ? चिकेन चिल्लि खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो । म उहाँहहरुलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपुर्ण । अब नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्तैन । शान्तिपुर्ण नेपाल रहन्छ । ”

प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर्नुभयो । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “काम गर्न दिईएन बीचमा । मैले धेरै पल्ट भने । यो सरकार ५ बर्षका लागि हो, ५ बर्ष चलाऔ । तर उहाँहरु पार्टी फोड्नुपर्छ , केपी ओली हट्नुपर्छ अनि जोडजाम गरेर विभिन्नसंग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ । देशलाई भड्खालोमा हाल्नुपर्छ । त्यसलाई उहाँहरु स्थिरता र स्थायीत्व भन्नुहुन्छ । के त्यो स्थायीत्व हो र ?उहाँहरु जनतालाई धोका दिदै हुनुहुन्छ । आफ्नो स्वार्थ र व्यक्तिगत अहंकार महत्वकांक्षाका लागि सब काम गर्दे हुनुहुन्छ । । जब उहाँहरुले काम गर्न दिनुभएन , लोकतन्त्रलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्याउनुभयो । काम गर्नै नदिने, काम गर्ने नपाउने अवस्था आएपछि नेपाली जनताका माझ ताजा जनादेशमा जानु पर्यो । ”

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गर्नुभयो । बेलायतको उदाहरण दिदै उहाँले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गर्नुभयो । संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड माधव समूहले बलजफ्ति बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “देशव्यापी रुपमा एउटा बहस भईरहेको छ । बलजफ्ति यो बहस निकालिएको छ । संसद विघटनको सिफारिस, संसद विघटन संविधानसम्मत छ कि छैन ? भनेर बहस निकालिएको छ । म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भन, काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ । बेलायतमा लिखित संविधान छैन । अथवा त्यहा प्रधानमन्त्रीले संसद विघटन गर्ने लेखेको छैन तर प्रधानमन्त्रीले अस्ति भर्रखर संसद विघटन गरेर चुनाव गराउनुभयो । यसरी प्रधानमन्त्रीले संसद विघटन गर्छ काम गर्न दिइएन भने । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ? त्यस प्रकारको प्रवृत्तिको जवाफ चुनावबाट खोज्नु पर्दछ । जनताको ताजा जनादेशबाट खोज्नु पर्दछ ।”

प्रचण्ड माधव समुहले संबैधानिक नियुक्तिमा अवरोध गरेको दाबी नि प्रधानमन्त्रीले गर्नुभयो । उहाँले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरता तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले कार्यकर्तामाझ चुनावी नारा पनि लगाउनुभयो । उहाँले भन्नुभयो “ अस्थिरता तर्फ होइन, चुनाव तर्फ जाउँ । अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ, चुनाव । ”

सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुभरको कालोपत्रेसडक, चाँदनी दोधारा सिंचाई, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पुर्वपश्चिम रेल लगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेयरिस्त नै प्रस्तुत गर्नुभयो । उहाँले कोभिड विरुद्ध खोप अभियान चलेको उल्ल्ेख गर्दै कोभिड अन्त्य नहुने समय सम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com