ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड-माधव समूहको हड्ताल : नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ ६० जना पक्राउ, निर्धक्क भएर गाडी चलाउन सरकारको आग्रह


एबीसी / संवाददाता

काठमाडौं, २२ माघ । नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण आज कम गाडी चलेका छन् । सार्वजनिक गाडीको संख्या कम भए पनि काठमाडौं  उपत्यका दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् । बिहान मुख्य नाका नागढुंगा भएर आउने रात्रि सेवाका बस पनि काठमाडौं भित्रिएका छन् । सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै चोक-चोकमा प्रहरी खटिएका छन् । काठमाडौं उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने ४० जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

यसैवीच आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट यो समाचार तयार पार्दासम्म ६० जना हाराहारीलाई पक्राउ गरिएको प्रहरीले जनांएको छ । कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसमेत पक्राउ पर्नुभएको छ । नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको पुष्टि गर्नुभएको हो । उता कंलकी क्षेत्रबाट नेता राजेन्द्र पाण्डेसहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा दिपशिखाले पाण्डे लगायतका पाँच जना पक्राउ परेको पुष्टि गर्नुभएको छ । प्रहरीले भने गोंगवु क्षेत्रमा ट्याक्सी आगजनीमा उत्रिएका बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ । सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई प्रहरीले निगरानी गरिरहेको छ । सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनुभयो । यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com