ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

रामकुमारी झाँक्रीलाई पक्राउ गरि कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र


एबीसी / संवाददाता

काठमाडौं, २१ माघ  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरि कारबाही गर्न माग गरेको छ ।

बुधवार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला सङ्घले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरि कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले प्रक्राउ गरि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । अनेमसङ्घकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताउनुभयो ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा

काठमाडौं, १७ फागुन ।   नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवाल बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको छ । बिहान ८ बजेदेखि जारी बैठकमा विकसित राजनीतिक परिस्थितिका बारेमा

प्रधानमन्त्रीआज पोखरा जाँदै : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म गर्ने

काठमाडौं, १७ फागुन । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ

उर्लाबारीमा एकीकृत बस्ती निर्माण हुँदै : फागुन १८ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

काठमाडौं, १७ फागुन ।   शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको

सम्बन्धित

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा

प्रधानमन्त्रीआज पोखरा जाँदै : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म गर्ने

कोभिड–१९ विरुद्ध खोप अभियान :दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइने

उर्लाबारीमा एकीकृत बस्ती निर्माण हुँदै : फागुन १८ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्रीको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com