ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा टेष्ट गर्नुपर्दैन ?” त्यो ठाउँ मा नजाने प्रधानमन्त्रीले निर्णय गर्नुभयो ” – महान्यायाधिवक्ता


एबीसी / संवाददाता

काठमाडौं, २० माघ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको प्रतिरक्षामा बहस गरिरहेका महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीशहरुले पटक पटक सोध्नुभएको छ , सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीले भन्ने हो कि संसदमा टेष्ट गर्ने ? मंगलबार आफ्नो बहसलाई निरन्तरता दिनुभएका खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाले फेरि सोध्नुभयो, सरकार बन्न सक्ने अवस्था छैन भन्ने कुराको प्रमाणिकरण प्रधानमन्त्रीज्यूले गर्ने हो कि संसद अधिवेशन बोलाएर संसदभित्रबाट समाधान खोज्ने ? खरेलले २०५२ भदौ १२ को फैसला मात्र के भन्न खोज्दै हुनुहुन्थो , न्यायाधीश सिन्हाले उहालाई रोक्नुभयो। र, ‘हरेक कुराको जवाफ २०५२ सालमा फर्किएर प्राप्त हुँदैन ।

२०५२ सालले पनि राजनीतिक स्थायित्व नदिएर जनताले दुःख पायो भनेर संघर्ष पनि भयो । संविधानसभा बन्यो, अर्बौ रुपैयाँ खर्च भयो । ती सबै अनुभवहरु संगालेर अब २०५२ लाई सम्झिनै नपरोस् भनेर नयाँ संविधान बन्यो । अब अहिले संसदमा त्यही २०५२ साल भइरहेको हो भन्नु कति कन्भिन्सिङ हो ?’ महान्यायाधिवक्ता खरेलले भने धेरै प्रयत्न गर्दा पनि संसदभित्रबाट आउनुपर्ने कुराहरु नआएको, सरकारबाट आउनुपर्ने कुराहरु आउन नसकेका महसुस प्रधानमन्त्रीले गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले के फिल गर्नुभयो भने मलाई बहुमतबाट हटाइएको छैन, म दलको नेता पनि छु । कन्फिडेन्स पनि छ । तर सरकार चल्न सकेको छैन, सरकार चलेन ।’ आफूले भनेको सम्झौता हुन नसक्ने, अरुले भने अनुसार सम्झौता गर्नु गलत हुन्छ भन्ने लागेर प्रधानमन्त्रीले बाध्यताबस संसद विघटन गरेको उहाले बताउनुभयो । यो बाँध्याताबस चालेको कदम हो भनेर प्रधानमन्त्रीले लिखित जवाफमा उल्लेख रहेको उहाले बताउनुभयो । बुझ्न सहज होस् भनेर अगाडिको सन्दर्भमा जोड्छु भन्दै उहाँ फेरि २०५१ मा फर्किनुभयो । ०५१ मा बहुमत प्राप्त प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विघटनमा जाँदाको परिणाम उहाँ स्वयंमले भोगेको भन्दै उहाले अहिले पनि प्रधानमन्त्रीलाई त्यो परिणाम भोग्न नदिने भनेर प्रश्न गर्नुभयो । त्यसअघि टेष्ट गर्न संसदमा किन नगएको भन्दै न्यायाधीशको प्रश्नप्रति इंगित गर्दै महान्यायाधिवक्ता खरेलले अघि भन्नुभयो , ‘श्रीमानले भनेको त्यो ठाउँ (संसद) मा नजाने प्रधानमन्त्रीले निर्णय गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com