ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले ३ लाख डोज कोरोना भाइरसको भ्याक्सिन सहयोग गर्ने


एबीसी / संवाददाता
माघ १९, २०७७ सोमबार  ८ : ३५ बजे

काठमाडौँ, १९ माघ । दक्षिणी छिमेकी भारतपछि अब उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने भएको हो । नेपाली मिडियालाई प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभएको हो ।

चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दाबी पनि दूतावासले गरेको छ ।

दूतावासका अनुसार उक्त खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको छ र यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ । लुआनले चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपको विकास भएसँगै विश्वलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नै नेपालको आग्रहमा चीनले खोप उपलब्ध गराउन लागेको बताउनुभयो । यस्तै, खोप प्रयोगका लागि आवश्यक अनुमति पाउन दूतावास आफैंले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको पनि दूतावासले बताएको छ । औषधि व्यवस्था विभागले हालसम्म केवल भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई मात्रै ससर्त आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

विभागले अनुमति दिएसँगै भारतले नेपाललाई करिब दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com