ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

निर्वाचन आयोगको निर्णय संगै ओली ओराला लागि सके – माधवकुमार नेपाल


एबीसी / संवाददाता

विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको निर्णय संगै ओराला लागि सकेको बताउनुभयो । पार्टीले आज विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएसँगै ओलीको भविश्य ओरालो लागेको दावी गर्नुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगले १५ सय १ लाई अमान्य भन्दै ओलीको पार्टीलाई सडकछाप बनाईदिएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आयोगले तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,’ ‌। ओली पक्षलाई गुटको संज्ञा दिंदै ओली गुटमा गुटको अहिले विजोग भइरहेको उहाँले दावी गनुभयो । उहाँले केपी ओली नेतृत्वको पार्टी न घरको न घाटका भएको आरोप लगाउँदै केपी ओलीले कहिल्यै रचनात्मक काम गर्न नसक्ने पनि दाबी गर्नुभयो । अध्यक्ष नेपालले ओलीले पार्टीमा तमासा गरेको आरोप आरोप लगाउँदै प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताउनुभयो । ‘पार्टीभित्र कसैले तमासा गरिरहेको छैन। आफूलाई प्रथम अध्यक्ष भन्ने अनि पार्टीको अनुशासन उल्लंघन गर्नेरु कम्युनिस्ट पार्टीको क ख‘ पढेकाले पनि भन्न सक्छ अनुशासन भनेको के भनेर।’ ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेको नेपालले आरोप लगाउनुभयो । उहाँले पार्टीमा तमासा देखाएर नपुगेर ओलीले संविधानकै घाँटी निचोरेको समेत बताउनुभयो । आफूले नयाँ समाजको निर्माण गर्न चाहेको नेपालले बताउनुभयो।

कसैले ओलीको भ्रमलाई पत्याउन नहुने नेपालको भनाई छ । नेपालले नेकपाको अन्तरविरोध पदको नभएर विचारको लडाइ भएको बताउँदै पार्टी कस्तो बनाउने लडाई पनि भएको बताउनुभयो । ‘केपीलाई पार्टीको मतलब छैन,’ ‘लोकतन्त्र सिध्याउन लाग्नुभएको छ। उहाँलाई समावेशीतासँग अरुचि छ। उहाँ बनाउने होइन बिगार्ने काम गर्नुहुन्छ। हामी बनाउने कामममा हामी जुटेका छौं। हामी र केपी ओलीमा आकाश पातलको फरक छ।’ उहाँले भन्नुभयो । केपी ओलीलाई नवौं महाधिवेशनमा जिताउनु पार्टीको कमजोरी भएको उहाँको भनाई छ। उपाध्यक्ष वामदेव गौतमले समेत ओलीलाई जिताउनु गल्ती भएको स्वीकारेको नेपालले बताउनुभयो । ‘केपी ‌ओलीलाई जिताएमा पार्टीमा दुर्दशा हुन्छ भनेको थिएँ। बामदेवले भनिरहेका छन्। कस्ता मानिसलाई जिताइएछ,’ उहाँले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाँचै जना कर्णाली हामफालेका आशंका : दुई दिदीबहिनीको हात बाँधिएको अवस्थामा शव भेटियो

काठमाडौं, २५ फागुन । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा

एमालेको गणित : नेपाल र ओली पक्षमा कति संसद र केन्द्रीय कमिटी सदस्य कति ? नामसहित

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपाल आफ्नो समूहसहित ‘मूलघर’मै फर्कन तयार भएका छन् । कतिपय नेपाल

भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

काठमाडौं, २५ फागुन । भारतमा १ करोड १२ लाख ४४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ३५३

सम्बन्धित

एमालेको गणित : नेपाल र ओली पक्षमा कति संसद र केन्द्रीय कमिटी सदस्य कति ? नामसहित

भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

संसद्को पहिलो बैठक नै सुखद भएन, धामी नाँच्ने थलो जस्तो बनाए : प्रधानमन्त्री ओली

पूर्ववत अवस्थामा एमाले र माओवादी केन्द्र : कस्को संसद कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com