ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगको निर्णय संगै ओली ओराला लागि सके – माधवकुमार नेपाल


एबीसी / संवाददाता
माघ १६, २०७७ शुक्रबार  ४ : ५१ बजे

विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको निर्णय संगै ओराला लागि सकेको बताउनुभयो । पार्टीले आज विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएसँगै ओलीको भविश्य ओरालो लागेको दावी गर्नुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगले १५ सय १ लाई अमान्य भन्दै ओलीको पार्टीलाई सडकछाप बनाईदिएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आयोगले तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,’ ‌। ओली पक्षलाई गुटको संज्ञा दिंदै ओली गुटमा गुटको अहिले विजोग भइरहेको उहाँले दावी गनुभयो । उहाँले केपी ओली नेतृत्वको पार्टी न घरको न घाटका भएको आरोप लगाउँदै केपी ओलीले कहिल्यै रचनात्मक काम गर्न नसक्ने पनि दाबी गर्नुभयो । अध्यक्ष नेपालले ओलीले पार्टीमा तमासा गरेको आरोप आरोप लगाउँदै प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताउनुभयो । ‘पार्टीभित्र कसैले तमासा गरिरहेको छैन। आफूलाई प्रथम अध्यक्ष भन्ने अनि पार्टीको अनुशासन उल्लंघन गर्नेरु कम्युनिस्ट पार्टीको क ख‘ पढेकाले पनि भन्न सक्छ अनुशासन भनेको के भनेर।’ ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेको नेपालले आरोप लगाउनुभयो । उहाँले पार्टीमा तमासा देखाएर नपुगेर ओलीले संविधानकै घाँटी निचोरेको समेत बताउनुभयो । आफूले नयाँ समाजको निर्माण गर्न चाहेको नेपालले बताउनुभयो।

कसैले ओलीको भ्रमलाई पत्याउन नहुने नेपालको भनाई छ । नेपालले नेकपाको अन्तरविरोध पदको नभएर विचारको लडाइ भएको बताउँदै पार्टी कस्तो बनाउने लडाई पनि भएको बताउनुभयो । ‘केपीलाई पार्टीको मतलब छैन,’ ‘लोकतन्त्र सिध्याउन लाग्नुभएको छ। उहाँलाई समावेशीतासँग अरुचि छ। उहाँ बनाउने होइन बिगार्ने काम गर्नुहुन्छ। हामी बनाउने कामममा हामी जुटेका छौं। हामी र केपी ओलीमा आकाश पातलको फरक छ।’ उहाँले भन्नुभयो । केपी ओलीलाई नवौं महाधिवेशनमा जिताउनु पार्टीको कमजोरी भएको उहाँको भनाई छ। उपाध्यक्ष वामदेव गौतमले समेत ओलीलाई जिताउनु गल्ती भएको स्वीकारेको नेपालले बताउनुभयो । ‘केपी ‌ओलीलाई जिताएमा पार्टीमा दुर्दशा हुन्छ भनेको थिएँ। बामदेवले भनिरहेका छन्। कस्ता मानिसलाई जिताइएछ,’ उहाँले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com