ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोग पदाधिकारीसँग ओली पक्षीय नेताहरुको छलफल : चुनावका लागि हामी तयार छौं, तपाईंहरू पनि तयारी गर्नुस्


एबीसी / संवाददाता
माघ १६, २०७७ शुक्रबार  १ : १२ बजे

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूले निर्वाचन आयोगमा आफूहरू चुनावमा लागि तयार रहेको बताएका छन्। शुक्रबार आयोग पदाधिकारीसँगको छलफलमा ओली पक्षीय नेताहरू आफ्नो प्राथमिकतामा निर्वाचन भएकाले आयोगले पनि तयारीलाई तीव्रता दिन भनेका हुन्। आयोग पदाधिकारीसँग छलफलपछि संवाददाताहरूसँग कुरा गर्दै ओली पक्षीय नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले पनि प्रतिनिधि सभा विघटन मुद्दामा कुनै फैसला नसुनाएकाले आयोगलाई तयारी गर्न समस्या नभएको बताउनुभयो ।

‘अझै ९१ ९२ दिन बाँकी छ। यो अवधिमा आयोगले चुनाव गर्न सक्छ। अदालतको आदेश नआएकाले आयोगलाई समस्या छैन भन्ने कुरा राख्यौं,’ उहाले भन्नुभयो । निर्वाचन आयोगले दल दर्ताको तयारीका बारे छलफल गर्न नेकपाका दुबै समूहलाई आज बोलाएको थियो। प्रचण्ड-नेपाल पक्षीय नेताहरूले भने दुबै अध्यक्षहरू राजधानीबाहिर भएकाले छलफलमा सहभागी हुन नसक्ने पत्र बुझाएर फर्किएका छन्। नेम्वाङले नेकपाको आधिकारिकताबारे आयोगले अस्ति नै निर्णय गरिसकेकाले त्यसमा थप केही गर्नु नपर्ने बताउनुभयो । केही दिनअघि आयोगले ओली थपेका नयाँ केन्द्रीय सदस्य र प्रचण्ड-नेपाल समूहले माधवकुमार नेपाललाई अध्यक्ष बनाएको कुरालाई अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com