ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

आयोग पदाधिकारीसँग ओली पक्षीय नेताहरुको छलफल : चुनावका लागि हामी तयार छौं, तपाईंहरू पनि तयारी गर्नुस्


एबीसी / संवाददाता

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूले निर्वाचन आयोगमा आफूहरू चुनावमा लागि तयार रहेको बताएका छन्। शुक्रबार आयोग पदाधिकारीसँगको छलफलमा ओली पक्षीय नेताहरू आफ्नो प्राथमिकतामा निर्वाचन भएकाले आयोगले पनि तयारीलाई तीव्रता दिन भनेका हुन्। आयोग पदाधिकारीसँग छलफलपछि संवाददाताहरूसँग कुरा गर्दै ओली पक्षीय नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले पनि प्रतिनिधि सभा विघटन मुद्दामा कुनै फैसला नसुनाएकाले आयोगलाई तयारी गर्न समस्या नभएको बताउनुभयो ।

‘अझै ९१ ९२ दिन बाँकी छ। यो अवधिमा आयोगले चुनाव गर्न सक्छ। अदालतको आदेश नआएकाले आयोगलाई समस्या छैन भन्ने कुरा राख्यौं,’ उहाले भन्नुभयो । निर्वाचन आयोगले दल दर्ताको तयारीका बारे छलफल गर्न नेकपाका दुबै समूहलाई आज बोलाएको थियो। प्रचण्ड-नेपाल पक्षीय नेताहरूले भने दुबै अध्यक्षहरू राजधानीबाहिर भएकाले छलफलमा सहभागी हुन नसक्ने पत्र बुझाएर फर्किएका छन्। नेम्वाङले नेकपाको आधिकारिकताबारे आयोगले अस्ति नै निर्णय गरिसकेकाले त्यसमा थप केही गर्नु नपर्ने बताउनुभयो । केही दिनअघि आयोगले ओली थपेका नयाँ केन्द्रीय सदस्य र प्रचण्ड-नेपाल समूहले माधवकुमार नेपाललाई अध्यक्ष बनाएको कुरालाई अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

प्रधानमन्त्री ओली चिडियाखाना अवलोकन (फोटोफिचर)

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता : दुवै पक्ष सकारात्मक

दलभन्दा विधिलाई प्राथमिकता राखी नेकपाको विवाद टुंगो लगाउनु पर्छ – आयुक्त उप्रेती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com